स्याङ्जा १ (क)मा एमालेबाट सीता र गठबन्धनकी अमृताबीच चुनावी टक्कर

स्याङ्जा | कात्तिक २९, २०७९

स्याङ्जा १ (क)मा एमालेबाट सीता र गठबन्धनकी अमृताबीच चुनावी टक्कर

स्याङ्जा:   महिला नेतृत्व जन्माउने जिल्लाका रूपमा परिचित स्याङ्जामा दुई महिला नेतृको प्रदेशसभाको भिडन्त रोचक बनेको छ । गण्डकीका ३६ प्रदेश सभामा १४ महिलाले उम्मेदवारी रहेकोमा स्याङ्जाको क्षेत्र नं १ (क)मा नेकपा (एमाले)का सीता सुन्दास र सत्ता गठबन्धन नेकपा (माओवादी केन्द्र) का अमृता थापामगर शाक्यको भिडन्तले चर्चा लिएको छ । 


बाल्यकाल देखि नै राजनीतिमा खारिएका दुई नेतृ मध्ये माओवादी केन्द्रका थापा गण्डकीको प्रदेशसभामा पार्टीको उच्च तहको नेता स्थायी समिति सदस्य रहनुभएको छ भने एमाले नेतृ सुन्दास केन्द्रीय सदस्य रहनुभएको छ । 


बिरुवा गाउँपालिका–३ मा २०२९ सालमा जन्मनुभएकी अमृता २०५२ देखि माओवादी जनयुद्धमा भूमिगत हुनुभएकोमा उहाँले २०६४ र २०७४ मा प्रतिनिधिसभामा सांसद बन्नुभएको थियो ।


२०४६ मा अनेरास्ववियुको जिल्ला सचिव, गण्डकी सदस्य भएर राजनीति यात्रा सुरु गर्नु भएका थापा रेडियो नेपालकी पूर्व समाचार बाचिका समेत रहनु भएको छ । थापा अहिले अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष समेत रहनुभएको छ । 


गाउँ“ बनाउने र जनताको अवस्था बदल्न म जन्मेको ठाउँ“मा चुनाव लडेको बताउँदै थापाले अन्य ठाउँमा टिकट पाउने भए पनि जन्मथलोको विकासमा चुनाव लड्न आएको बताउनुभयो । 


यस्तै, २०२४ साउन ५ गते पुतलीबजार नगरपालिका–७ ठूलाडिहीमा जन्मनुभएका सुन्दास २०३८ बाट अनेरास्ववियुबाट राजनीति यात्रा थाल्नुभएको हो । 


पार्टीका विभिन्न मोर्चामा रहँदै काम गरेका सुन्दास दलित अल्पसङ्ख्यक कोटामा नगर सदस्य हुँदै जिल्ला समन्वय समिति स्याङ्जाको निवर्तमान प्रमुख र जिल्ला समन्वय समिति महासङ्घकी निवर्तमान अध्यक्ष रहनुभएको छ । 


सुन्दास संविधानको मर्म र भावनाअनुरूप सङ्घ बलियो बनाउने प्रदेश बलियो बनाउने हेतुले चुनावी मैदानमा उत्रिएको बताउनुभयो । 


पाँच वर्ष पहिला वाम गठबन्धनमा माओवादी केन्द्रले जितेको प्रदेशमा स्थानीय तहको मतको आधारमा थापा एक हजार ९२२ मतले अगाडि रहनुभएको छ । 


साभार: गोरखापत्र अनलाइन

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्